-जनउत्तरदायी पत्रिका-

२०८२ पुष २. बुधबार

१७६ किलो गाँजासहित पिकअप चालक पक्राउ

वीरगंज, १ पुस ।  जिल्ला प्रहरी कार्यालय, पर्साले १७६ किलो गाँजासहित पिकअप गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते राति ८ बजेको समयमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. १७ कोनिया जाने सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा गाडीको पछाडिपट्टी प्लाष्टिकको बोरालाई परालले छोपी लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध गाँजा १७६ के.जी. फेला परेको प्रहरीले जनाएको छ ।
पिकअप गाडीका चालक जिल्ला रामेछाप खाडादेवी गाउँपलिका वडा नं. १ बस्ने वर्ष २८ को सुबराज श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता  प्रहरी निरीक्ष्Fक अमृत बहादुर बस्नेतले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस