वीरगंज, २५ कात्तिक । नेकपा एमालेले मंगलवार पर्सा जिल्लाका विभिन्न स्थानमा सभा तथा प्रदर्शन गरेको छ । एमाले वीरगंज महानगर कमिटीको आयोजनामा दिउँसो विशाल मोटरसाइकल -याली प्रर्दशन गरेको छ । महानगर अध्यक्ष नवराज शर्माको नेतृत्वमा चिनी मिल आवास क्षेत्रबाट निस्किएको -यालीले महानगरको परिक्रमा गर्दै घण्टाघरमा कोणसभामा रूपान्तरण भएको थियो। -यालीमा केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता, अरविन्द सिंह, मधेश प्रदेशका उपाध्यक्ष तथा वीरगंज महानगर इञ्चार्ज बिचारी यादवलगायतले देशमा “जेन्जी आन्दोलन” को नाममा फैलिएको अराजकतालाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएका थिए । उनीहरुले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै यो सरकार जनमतविहीन र दलाल शक्तिको देन हो, यसबाट देशमा निकास सम्भव नरहेको बताएका थिए । यसैगरी नेकपा (एमाले) सखुवा प्रसौनी गाउँँपालिका स्तरीय जनसभा सम्पन्न भएको छ। पालिका कमिटीका सचिव चन्दन सहनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मंजुर अंसारी, जसवंत यादवले एमालेको नीति, सिद्धान्त र आगामी राजनीतिक दिशा—निर्देशनवारे विस्तृत चर्चा गर्दै संगठन सुदृढीकरणमा सबै कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए। यसैगरी नेकपा एमाले पकहाँमैनपुर गाउँँ कमिटीको आयोजनामा सोमवार गाउँँपालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम, जनसंगठन विस्तार तथा स्थानीय विकासका मुद्दाहरूमा व्यापक छलफल गरिएको थियो । नेकपा एमालेका पालिका कमिटी सचिव राजेश सहनीले सहजीकरण गरेका बैठक कमिटी अध्यक्ष अकलेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी नेकपा एमाले पोखरिया नगर कमीटी अगुवा कार्यकर्ता भेला तथा जनसभा सम्पन्न गरेको छ । मोटरसाइकलको -यालीले विभिन्न वडाहरूमा परिक्रमा गरी पुन ः पोखरिया बजारमा पुगेर कोण सभामा परिणत भएको थियो । पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, सलाउदिन अहमद,राजेशवर प्रसाद रौनियार, युवा संघको जिल्ला कमिटी अध्यक्ष सुवास साह कानु, भगवान प्रसाद कुर्मी,सुरेस सासवान सन्तोष गिरी, सुजित गिरी,राकेश महतो, बँका प्रसाद कुर्मी, महेन्द्र महतो चाई,केदार महतो चाई, स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो।














