वीरगंज, २९ असोज । उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वार्ड न. ३२ प्रस्वास्थित सातो माई मन्दिर परिसरमा वाटर पम्प सहयोग गरेको छ । खानेपानी सरल र सुलभ व्यवस्थापन अभिप्रायले उपकार सेवा नेपालले पानी तान्ने वाटर पम्प उपलब्ध गराएको हो । कार्यक्रममा समाजसेवी प्रमिल देवी र प्रतिमा शाह तथा संस्थाका अध्यक्ष बिद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, जनमत पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफको सहभागिता थियो ।