-जनउत्तरदायी पत्रिका-

२०८२ आश्विन २८. मंगलवार

जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । असोज २६ गते राति ९ः४५ बजे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित रौनियार, वर्ष ३० को श्यामबाबु राय, वडा नं.१५ बस्ने वर्ष २५ को अनन्त कुमार गुप्ता पक्राउ परेका छन् । साथै जुवाको खालबाट नगद रू. ५० हजार ७५५ र ३ बुक तास सहित बरामद भएको प्रहरीले जनाएको छ । निजहरू विरूद्ध जुवा सम्बन्धी कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस