-जनउत्तरदायी पत्रिका-

२०८२ मंसिर २१. आईतवार

भ्यान र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते

वीरगंज, २४ असोज । भ्यान र मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवान घाइते भएका छन् । शुक्रवार बिहान वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चौक नजिक हेटौंडाबाट वीरगंज आउँदै गरेको बा.प्र.०३–००१ ख २३४५ नम्बरको भ्यानले ना.३९ प ८४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, बारा जिल्लाको महागढीमाई नगरपालिका–२ ईनर्वा निवासी प्रहरी जवान दिनेश प्रसाद यादव गम्भीर घाइते भएका छन्। बरियारपुर बेस क्याम्प, बारामा कार्यरत यादवलाई गम्भीर चोट लागेपछि वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने टोल निवासी ४२ वर्षीय प्रकाश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालय, श्रीपुर पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस