-जनउत्तरदायी पत्रिका-

२०८३ आश्विन ६. मंगलवार

शनिवार पनि परिचयपत्रका लागि जिल्ला प्रशासनले सेवा दिने

वीरगंज, २४ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र वितरण सेवा शनिवार बिहान ७ः३० बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रवार जारी गरिएको सूचनामा शनिवार सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भीड अत्यधिक बढेपछि बिदाका दिन पनि सेवा दिने निर्णय गरेको हो । भीड व्यवस्थापनका लागि कार्यालयले सेवा समय विस्तार गर्दै अब आइतवारदेखि दैनिक बिहान ७ः३० बजेदेखि अपरान्ह ५ बजेसम्म सेवा सञ्चालन गर्ने भएको हो । यसअघि पालिका अनुसार तोकिएको बार प्रणालीलाई खारेज गरी निरन्तर टोकन प्रणाली लागू गरिएको तथा वीरगंज महानगरपालिकाका लागि छुट्याइएको बिहीवार र शुक्रवारको तालिका पनि अब लागू नहुने कार्यालयले स्पष्ट पारेको छ। त्यसैगरी राहदानी बनाउनुपर्ने, बैंक खाता खोल्नुपर्ने वा अन्य अत्यावश्यक कारणले तुरून्तै परिचयपत्र चाहिने सेवाग्राहीका लागि विशेष प्राथमिकता व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस