-जनउत्तरदायी पत्रिका-

२०८२ जेष्ठ २३. शुक्रबार

भीषण गर्मी बढेपछि सडकका बटुवाहरुलाई ग्लुकोज पानी वितरण

वीरगंज २८ बैशाख । वीरगंजमा भीषण गर्मीको समयमा सर्वसाधारण र यात्रीहरूलाई राहत पु-याउने उद्देश्यका साथ शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले दोस्रो दिन पनि ग्लुकोज–चिसो पानी वितरण गरेको छ । आइतवार बिहान ११ बजेदेखि वीरगंजको घन्टाघर चौकमा साउथ जोन स्कुलका विद्यार्थीहरूको सहयोगमा पानी वितरण गरिएको हो । प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्रकाश कुमार उपाध्याय, लाल बाबु सिंहलगायतको सहभागिता थियो । वीरगंजमा गर्मी बढ्दै गएपछि चिसो पानी वितरणबाट बटुवाहरुलाई निकै राहत पुगेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस