-जनउत्तरदायी पत्रिका-

२०८२ पुष २. बुधबार

सुनितालाई न्यायको माग गदै खबरदारी जुलुस

वीरगंज, २ पुस । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ३ घर भइ वीरगंजको त्रिशला होटलमा कार्यरत सुनिता लामाको मृत्यु शंकास्पद भएको भन्दै वीरगंजमा खबरदारी जुलुस निकालिएको छ ।

गत मंसिर २७ गते शनिवार वीरगंजको पुरानो बसपार्कस्थित त्रिशला होटलमा काम गर्ने २१ वर्षीय सुनिता लामा रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा संघद्वारा सञ्चालित धर्मशालाको कोठा नम्बर १०५ मा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

युवतीको शंकास्पद मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनका गर्न माग गदै पर्सागढी नगरपालिकाका स्थानीयले खबरदारी जुलुस निकालेका हुन् ।

पर्सागढी नगरपालिका प्रमुख गोर्कण पाठकले सुनीताको हत्या गरि मारेको हुन सक्ने भएकोले दोषीलाई कारवही हुनुपर्ने, उचित छानबिन गरी पीडित पक्षलाई न्याय दिलाउन खबरदारी जुलुस निकालिएको बताए ।

पर्सागढी नगरपालिकाका  स्थानीय बासिन्दाहरूले खबरदारी जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय, पर्सा अगाडि विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस