वीरगंज, २९ कात्तिक । नेशनल प्याब्सन मधेस प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिताको चौथो संस्करणमा सप्तरी जिल्ला प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी प्रतियोगितामा महोत्तरी दोस्रो र धनुषा तृतीय भएका छन। विजयी टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । वीरगंजको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मनिष झा, नेशनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, केन्द्रिय सदस्यहरू छेदुप लामा, राम बाबु सिंह, मोतिबुल राईन, राजु कार्की, प्रदेश उपाध्यक्षहरू लालजी ठाकुर र पप्पु गुप्ता सहभागी भएका थिए । मधेस प्रदेशका ८ जिल्ला—पर्सा, बारा, रौतहट, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी र सिरहाबाट छानिएका विद्यार्थीहरूले प्रतियोगितामा सहभागी भएका थिए।













