-जनउत्तरदायी पत्रिका-

२०८२ कार्तिक ३०. आईतवार

महानगरपालिका कार्यालयलाई ५ थान ल्यापटप सहयोग

वीरगंज, २७ कात्तिक । वीरगंज महानगरपालिकालाई भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ ।
‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महा नगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि कार्यालय सञ्चालन र प्रशासनिक कामहरू सहज बनाउन कठिनाइ परेको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो ।
बिहीवार महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गर्दै समाज र स्थानीय निकायसँगको सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताए । उनले वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो । यो समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व रहेको बताए ।
कार्यक्रममा नगरप्रमुख सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको अवस्थामा यस्ता सहयोगले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पुर्याइरहेका बताए । उनले हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं भनी बताए ।
यसअघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस