-जनउत्तरदायी पत्रिका-

२०८२ कार्तिक १४. शुक्रबार

सुमोको ठक्करबाट वृद्धको मृत्यु

वीरगंज, १३ कात्तिक । बारा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नं. २, मुशहरीस्थित रामपुर टोकनीबाट लिपनी जाँदै गरेको ना १ ज ७३७३ नम्बरको टाटा सुमोको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति परवानीपुर गापा–२ का ६५ वर्षीय गौरी शंकर साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ठक्करसँगै सुमो बिजुलीको पोलमा पनि ठोकिँदा पोल भाँचिएको प्रहरीले जनाएको छ। सुमो चालक प्रसौनी गाउँँपालिका–७ का २२ वर्षीय राजन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस