-जनउत्तरदायी पत्रिका-

२०८२ कार्तिक ९. आईतवार

टि–पार्टी समूहले छठपर्वमा ग-यो पूजा सामग्री सहयोग

वीरगंज ९ कात्तिक । महापर्व छठपूजाको अवसरमा वीरगंज–४ जेलचौकस्थित टि–पार्टी समूहले आइतवार छठव्रतीहरूलाइ छठपूजाको सामग्री सहयोग गरेका छन् । प्रत्येक वर्ष झैं छठ पूजा गर्ने बिपन्न दलितहरूलाई यसवर्ष ५१ जनालाई चिया पार्टी समूहका युवा समाजसेवीहरूले सहयोग गरेको हो । सो सहयोग सामग्रीमा छठपूजामा लाग्ने ५१ थान बाँसको प्रत्येक दउरामा साडी १, नरिवल १, बताशा १ पाउ, अगरबत्ती १, खानेतेल १ लिटर, स्याउ १ किलो, दूध १ लिटर, चिनी १ किलोलगायतका पुजा सामग्रीहरू गु्रपका संयोजक तथा राजु चिया पसलका संचालक राजु साह तुराहाले बताए । तुराहाले छठपुजा मधेशको साथै देश विदेशमा आस्था, समानता एवं आपसी एकता भाइचारा बलियो बनाउने महापर्व भएकोले यस्को महत्व दिनानुदिन बढ्दै गइरहेको बताउदै चरम महँगाइको समयमा बिपन्नहरूले पनि यो पर्व मनाउन सकुन भनी साथीभाइहरू आपसमा मिलेर सानो सहयोग गर्दै आइरहेको बताए । संसारका साक्षात देवता सुर्यदेव र जीवनदायिनी प्रकृतिप्रति उपासना गरी सम्मान, कृतज्ञता प्रकट गर्ने र भक्तालुहरूको मनोकामना पूरा हुने बिश्वासले नै छठपुजा महापर्वको रूप लिएको बताउँदै बिपन्नहरूको सेवा सहयोग गर्न आहवान गरे । कार्यक्रममा राजु साह तुराहा, अनिल सिंह (झुन्नु ), जावेद अख्तर, हृदेश साह कानु, बबलु कुमार मोन्डियाल, ईमरान शेष ( बौवा), दिपु साह, रौनक साह तुराहा, तेजस साह, लालबाबु सिंहहरूको सहभागीता रहेको थियो । गु्रपका सदस्य अख्तरले हामिले विभिन्न चाडपर्व एवं आपतबिपतको समयमामा दिन दुखी असहाय बिपन्नको सेवा सहयोग गर्दै आइरहेको र हाम्रो अभियानमा हातेमालो गर्न ईच्छुक सम्पुर्णलाई राजु चिया पसलमा आएर सम्पर्क गर्न आग्रह सहित को जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस