-जनउत्तरदायी पत्रिका-

२०८२ कार्तिक ५. बुधबार

जुवाडेहरू फरार, ८ वटा मोटरसाइकल बरामद

वीरगंज, ४ कात्तिक । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ बाट प्रहरीले जुवाडेहरूलाई पक्राउ गर्न खोजे पनि उनीहरु फरार भएका छन् भने जुवाको खाल नजीकैबाट ८ वटा मोटरसाइकल बरामद गरेको छ ।
वडा नम्बर ९ को बडेर्वा र मनवा बजारको जनता सडकदेखि ५० मिटर भित्र सरेह (खेत) मा बनाइएको खरको छाप्रोमा सोमवार राति जुवातास खेलिरहेका जुवाडेहरूलाई पक्राउ गर्न प्रहरी पुगेको थियो । तर प्रहरी आएको सूचना पाएर त्यहाँ जुवातास खेलिरहेका जुवाडेहरू भाग्न सफल भएपछि प्रहरीले ती जुवाडेहरूको ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
बडेर्वा र मनवा गाउँको बिचमा पर्ने खेतमा छाप्रो बनाई जुवा खेलाई रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली राति १ बजे त्यहाँ पुग्दा प्रहरीको गाडि देख्ने बित्तिक्कै जुवाडेहरू भाग्न सफल भएको र त्यहाँबाट ८ थान मोटरसाईकल मात्र बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनले मोटरसाइकलहरू मनवा प्रहरी चौकीमा राखिएको छ भने मोटरसाईकल धनीहरूको बारेमा अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस