-जनउत्तरदायी पत्रिका-

२०८२ आश्विन २९. बुधबार

७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर र वरिपरिका क्षेत्रहरूमा फोहरमैला उठाउने, वातावरणीय सरसफाइ गर्ने र जनचेतनामूलक सन्देश फैलाएका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं लगायत प्रहरीका विभिन्न शाखाका अधिकारी तथा प्रहरी जवानहरूको सक्रिय सहभागीता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एसएसपी शान्तिराज कोईरालाले प्रहरी दिवस केवल औपचारिकता नभई प्रहरी र समुदायबीचको विश्वास, सहकार्य र साझेदारी बलियो बनाउने अवसर भएको उल्लेख गर्नुभयो। उहाँले प्रहरीको दायित्व केवल कानून कार्यान्वयनमा सीमित नभई समाजसेवा र नागरिक सचेतनामा पनि महवपूर्ण भूमिका रहेको बताउनुभयो।
डिएसपी किशोर लम्सालले यस्ता कार्यक्रमहरूले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सफाइले वातावरणीय सन्तुलनका साथै नागरिकमा जिम्मेवारी र अनुशासनको भावना बढाउने बताउनुभयो। प्रहरी र स्थानीय प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि निरन्तर सरसफाइ र सामाजिक जिम्मेवारीसम्बन्धी अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस