-जनउत्तरदायी पत्रिका-

२०८२ आश्विन २८. मंगलवार

दृष्टि दिवसको अवसरमा आँखा जाँच शिविर

वीरगंज, २३ असोज । विश्व दृष्टि दिवस २०८२ को अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा, आर्दशनगरले निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । “आफ्नो आँखालाई माया गरौं” नाराका साथ आयोजित कार्यक्रममा किरण आँखा अस्पताल, वीरगंजले प्राविधिक सहयोगमा गरेको थियो । शिविरमा १५० जनाले आँखा परीक्षण गराएका थिए । केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी नेपाल नेत्रज्योती संघ, पर्साको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण चिनिमिलका सशस्त्र प्रहरीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ। नेपाल नेत्रज्योती संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्टलगायत ६८ जना सशस्त्र प्रहरीहरूले आँखा परीक्षण गराई चश्मा र औषधि प्राप्त गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, सदस्यहरू महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण र बसन्त गुप्ता लगायतको उपस्थिति रहेको थियो। शिविरमा नेत्र सहायक अंजली चौधरी र टेक्निसियन आनन्द कुमार साहले आँखाको परीक्षण तथा प्राविधिक सहयोग प्रदान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस