-जनउत्तरदायी पत्रिका-

२०८२ असार १७. मंगलवार

मापदण्डविपरीत ११ हजार ईरिक्शा यातायात व्यवस्था कार्यालय, पर्साद्वारा दर्ता

वीरगंज, १५  असार । वीरगंजमा यात्रीभन्दा बढी ईरिक्शा सवारी साधन छन् जसका कारण दिनदिनै दुर्घटना हुने र ट्राफिक जाम बढिरहेको छ ।

वीरगंजमा आवश्यकताभन्दा बढी ईरिक्शा भए पनि यातायात व्यवस्था कार्यालय वीरगंजले एकै दिन सयौंको संख्यामा ईरिक्शा दर्ता गर्ने र  सहमतिमा प्रालि गर्ने गरेको छ ।

यातायात व्यवस्था विभागद्वारा २०७२/२०७३ मा तीन पाङ्ग्रे अटोको लागि जारी गरेको निर्देशिका विपरीत तथा मापदण्डविपरीत यातायात व्यवस्था कार्यालय, पर्साका कर्मचारीहरुले ई–रिक्शा दर्ता गर्ने गरेका छन् । हालसम्म वीरगंजमा ईरिक्शा ११ हजारभन्दा बढी  दर्ता भइसकेका छन् भने दर्ता नभएका सयौं ईरिक्शा पनि सञ्चालनमा छन् ।

यस सम्बन्धमा बुझ्न जाँदा सूचना अधिकारी सन्नी झाले ईरिक्शा दर्ता प्रक्रिया स्थानीय सरकारले गर्नुपर्ने बताउनुभयो । उनले स्थानीय निकायमा कर्मचारी अपुग भएको हुनाले यातायात व्यवस्था विभागले प्रदेश सरकारको सहमतिमा ईरिक्शा दर्ता गरिरहेको बताउनुभयो ।

२०७२ सालमा दुर्ईवटा ईरिक्शा सञ्चालनमा आएकोमा हाल ११ हजार  हजारभन्दा बढी ईरिक्शा सञ्चालनमा आएपछि वीरगंज महानगरपालिकाले अंकुश लगाउन थालेको थियो । बेला बखत महानगरपालिकाले रूट परमिट जारी गरे पनि ईरिक्शाले टेर्दैनन् ।

ईरिक्शाको कारण वीरगंजमा ट्राफिक समस्या विकराल बन्ने निश्चित छ । यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नयाँ रिक्शाको बिक्री तथा दर्ता प्रक्रियामा सम्बन्धीत निकायले रोक लगाउनुपर्ने बताएको छ ।

 

ईरिक्शाको संख्या बढेपछि वीरगंज–पथलैया सिटी बस व्यवसायी संघ, वीरगंज–पथलैया–परवानीपुर मझौला यातायात व्यवसायी संघ र बारा–पर्सा मझौला यातायात व्यवसायी संघ पनि मर्कामा परेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस