-जनउत्तरदायी पत्रिका-

२०८२ जेष्ठ २०. मंगलवार

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

वीरगंज, १८ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू सर्लाही र बाराका हुन् । प्रहरीका अनुसार २०८२ जेठ १६ गते सर्लाहीको कबिलासी नगरपालिका–४ का २१ वर्षीय राधेश्याम यादवलाई चोरी गरिएको मोटरसाइकलसहित पक्राउ गरिएको जनाएको छ । सो मोटरसाइकल वीरगंज महानगरपालिका–१३, मुर्ली नयाँ टोल निवासी सारजा खातुनको नाममा दर्ता भएको थियो, जुन घरअगाडि पार्किङ गरिएको अवस्थामा वैशाख २३ गते चोरी भएको थियो । त्यसैगरी जेठ १७ गते बारागढी गाउँपालिका–१ निवासी २५ वर्षीय रूपेश चौधरीलाई अर्काे मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल वीरगंज–४, अमरचोक निवासी प्रमोद प्रसाद साहको नाममा दर्ता भएको थियो । पक्राउ परेका चौधरीलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ । पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस