वीरगंज, १३ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहले हालै छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरूको दुःखद निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जारी गर्नुभएको शोक सन्देशमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मृतकजनका सबै शोकसन्तप्त परिवारमा आत्मीय समवेदना व्यक्त गर्नुभएको छ । उहाँले यस दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति गहिरो सहानुभूति ब्यक्त गर्दै ‘बसुधैव कुटुम्बकम’को आदर्श अबलम्बन गर्ने सनातनी बैदिक हिन्दू धर्मालम्बीहरूको दिब्य मानवीय मान्यता हो । त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु, गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो शोक सन्देशमा उल्लेख छ । सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्माहत पार्ने भएको यस्ता घटनाको निन्दा समेत गर्नुभएको छ । त्यस्तो घटनाको विश्वब्यापी भत्र्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने पूर्व राजा शाहको धारणा रहेको शोक सन्देशमा उल्लेख छ ।