वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा एकजना पितालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगंज महानगरपालिका वडा नं. १४ चिनीमिल आवास क्षेत्रमा वर्ष ४१ को सेक्युरिटी गार्डमा काम गर्ने सो व्यक्तिले सोमवार बिहान ६ बजे आफनै नाबालिका १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । सो व्यक्तिले जेठी श्रीमतीको छोरीलाई चिनीमिल आवास क्षेत्रमा रहेको कोठामा जवरजस्ती करणी गरी कोही कसैलाई बताएमा मारिदिने धम्की दिंदै पटक–पटक करणी गर्दै आएको प्रहरीले जनाएको छ । सोमवार नाबालिकाकी आमाले जिप्रका, पर्सामा जाहेरी दिएपछि पितालाई निजकै कोठाबाट नियन्त्रणमा लिई करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।