-जनउत्तरदायी पत्रिका-

२०८२ जेष्ठ १०. शुक्रबार

मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा, स्वतः पदमुक्त

वीरगंज, ९ वैशाख । मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमल कुमार उपाध्यायविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको सम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ । अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँँ अन्सारीविरूद्ध पनि मुद्दा दायर गरेको छ । यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रूप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेको छ । नगरपालिकाबाट आर्थिक वर्ष २०७७–७८ मा सञ्चालित ठेक्काहरूको बोलपत्र आहवानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा के एस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायसमेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेख राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आहवानको सूचना प्रकाशित गरिएको अख्तियारको निष्कर्ष छ । अख्तियारले त्यसरी बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरी पचरौता नगरपालिकामा पेश गर्न लगाई झट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० रुपियाँँ उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको जनाएको छ । दुई दिन अघि मात्र काउन्सिलको अध्यक्ष्Fमा नियुक्त भएका उपाध्याय अख्तियार मुद्दा दायर भएसँगै मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका हुन् । उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमवार गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए । लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस