-जनउत्तरदायी पत्रिका-

२०८२ जेष्ठ १०. शुक्रबार

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका छन। मन्त्री खट्टर मंगलवार विहान नेपाल आइपुग्ने समय तालिका रहेको छ । संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । संखुवासभामा रहेको बसन्तपुर– बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२० केभीका चारवटा सबस्टेशन र तीन वटा ट्रान्समिशन प्रसारण लाइनको संयुक्त उदघाटन हुँदैछ । कोशी करिडोर अन्तर्गत बानेश्वर बसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, बसन्तपुर–ढुङ्गे साँघु ३४ किलोमिटर र बसन्तपुर देखि इनरूवासम्म ७४ किलोमिटर प्रशारणलाईन निर्माण भएको छ । सन् २०१६ बाट शुरू भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको हो । यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्पmत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, र बसन्तपुरदेखि इनरूवा खण्डमा करिब २,००० मेगावाट विद्युत प्रवाह गर्न सकिने क्षमता रहेको छ। अरूण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको हो। यो आयोजना पूर्वी नेपालमा विद्युत आपूर्तिको भरपर्दाे आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महŒवपूर्ण योगदान पुर्याउने छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस