-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

शोभायात्रामाथि ढुंगामुढा, दर्जनौं घाइते, कफ्र्यू आदेश

वीरगंज, ३० चैत । हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने क्रममा वीरगंजको छपकैयामा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । वीरगंजमा तनाव बढेपछि शनिवार बेलुका साढे ६ः०० देखि आइतवार बिहान १२ः०० बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय, पर्साले कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कफ्र्यू आदेश जारी गरिएको बताउनुभयो । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगंज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरेको छ । जसअनुसार पूर्वः भेडियाही चौक– वीरगंज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगंज महा नगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्पm गण्डक चोकदेखि वीरगंज महागरपालिका–१४ सम्म कफ्र्यू आदेश जारी गरेको छ । यसैगरी, दक्षिणतर्पm शङ्कराचार्य गेट– वीरगंज महानगरपालिका–१६ सम्म कफ्र्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । शोभा यात्रामाथि ढुंगामुढा भएपछि दर्जनौं सर्वसाधारण र प्रहरी घाइते भएका छन् । घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नारायणी अस्पताल अनुसार झडपमा ४३ जना घाइते भएको छ । चार जना भर्ना भएको र केहीको टाउको फुटेर, नाकको हडडी भाचेको अस्पतालका डा उदय नारायण सिँहले जानकारी गराए । आक्रोशित भिडले छपकैयामा रहेका दुर्ईवटा विरयानी हाउस, एउटा मासु पसल तोडफोड गरेका छन् । छपकैया चोक नजिकको मस्जिदमा रहेका केही व्यक्तिहरूले शोभा यात्रामा निस्केको समूहलाई लक्षित गरी छत माथी बाट ढुंगा मुडा प्रहार गरेपछि स्थिती अनियन्त्रीत हुन पुगेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस