वीरगंज, २८ चैत । खैरो ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ । चैत २७ गते जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नं. ३ चौतारामा घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टर चेक जाँच गर्दा तेलको ट्याङ्कीभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई लगिरहेको अवस्थामा १५८ ग्राम ९१० मिलि ग्राम लागू औषध खैरो हेरोइन बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले ट्याक्टर चालक भारत, शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण वडा नं. २ बस्ने वर्ष ३० को टुटु कुमार र वर्ष ३२ को टुटु अंसारीलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएको छ ।