-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

तीनकुने घटनाको छानबिन गर्न आयोग गठन

वीरगंज, २७ चैत/ राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग गठन गरेको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए–गरिएका गम्भीर मानवअधिकार हननको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेतबाट छानबिन नगरी विश्वसामु नेपालको छबी धुमिल बनाएकोले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्व र संघसंस्थाहरूको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन भएको हो । नागरिक समाजका विशिष्ठ व्यक्तित्व तथा संघसंस्थाहरूको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यहरूमा सुरक्षा क्षेत्रबाट पूर्व एआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहनु भएको छ । उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरूङ्ग, ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो. प्रा.डा. रत्नकमल वैद्य, अध्यात्मिक नेतृत्व आर बी बस्नेत, मानव अधिकार म्याग्रामिट–२०११ का संयोजक सुरेश आचार्य, रमा सिंह. अस्मिता भण्डारी, पूर्व प्रशासक हरि बहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, ध्रुव खतिवडा. यादवराज पाण्डेय, निराकार रेग्मी, दिपक महाराज आत्रेय, नेवा एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठ समेत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरूका तर्फबाट हस्ताक्षर गर्नु भएकोमा काठमाडौंमा बुधवार सम्पन्न एक भेलाले पारित गरेको हो । उक्त प्रस्तावमा समर्थन जनाउँदै देश तथा विदेशका मानवअधिकार संघ–संगठन तथा प्रबुद्ध व्यक्तित्वहरूबाट समेत इमेलमार्फत समर्थनहरू समेत प्राप्त भएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस