काठमाडौं, २४ चैत/ नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासंघले सोमवारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गरेका छ । महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासंघ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताउनुभयो । उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्नुभयो ।