-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

१९ महिला सहित ९३ जनाले रक्तदान

वीरगंज, २२ चैत । नयाँ वर्ष २०८२ को शुभ अवसरमा क्वाइनोनिया वीरगंज चर्चका ख्रीष्टिय युवा समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्वाइनोनियाका पा. राजकुमार घिमिरेको अध्यक्षतामा वीरगंज–१६ अमरचोक स्थित क्वाइनोनिया वीरगंज चर्चको हलमा कार्यक्रममा वडाध्यक्ष प्रशुराम चौरसिया, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा एवम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवन बहादुर रायमाझी,समाजसेवी राजेन्द्र भट्टराई लगायतकाहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दिपक साह, आयुष सिंह लामा, रोहन खड्का, मारी कुमार राई, कमला चौबे, स्नेहा मुरारका, बिकाश महर्जन, विशाल कुमार सिंह, घनश्याम, दिपेन्द्र श्रेष्ठ, रमेश, बिकाश कुमारलगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका मनिष साह, लिलाधर साहले प्राविधिक सहयोग गरेका थिए । नेपाल रक्तसंचार केन्द्र वीरगंजमा रगतको अभाव देखिएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस