वीरगंज, २२ चैत । लागुऔषध कारोबार भइरहेको बिशेष सूचना पाएपछि वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.–७ घर भई हाल वडा नं. ०४ नेपालचोकमा डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले, वडा नं. १० बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद मियाँँलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । उनीहरुको शरीर र कोठाबाट २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ११ बोतल लागूऔषध ओनरेक्स फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दिनेश गोले, निरोज लामा र महमद मियाँलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोइन मुद्दामा सात दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिप्रका, मकवानपुरले जनाएको छ ।