वीरगंज, २१ चैत । ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंज महानगरपालिकाको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको स्कारपियो गाडीबाट २२० ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको र अनुसन्धान जारी रहेकोले उनीहरूको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए । गए राति उनीहरूलाई पक्राउ गरिसोधपुछ चलिरहेको छ।