-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

रामनगरी उपशाखाद्वारा रक्तदान कार्यक्रमको आयोजना

वीरगंज, १८ चैत । नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३८ जनाले रक्तदान गरेका छन् । बहुदरमाई नगरपालिका–८ रामनगरीमा सम्पन्न कार्यक्रममा वीरेन्द्र पटेल,उमेश साह, राजकिशोर, विपेन्द्र राउत, विजय साह, अमिर शर्मा, ललन साह, मनमोहन कुमार, प्रेमचन्द्र राम, रोशन साह, दिपेन्द्र पण्डित, अभिजित सहनी, गोण्डल पटेल, अनिल कु. सहनी लगायतले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले बताए । नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाका सभापति हरिन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, जयनरेश साह, वीरेन्द्र पटेल, केशवराज पडित, सुनिल राम लगायतको सहभागिता रहेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक मनिष साहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस