वीरगंज, २४ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्सामा आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा निकाय र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका पदाधिकारीहरूको बैठकले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने निर्णय गरेको छ । बैठकमा त्रिभुवन विश्वविद्यालयबाट जारी स्ववियु निर्वाचन निर्देशिकाको पूर्णरुपमा पालना गराउने, निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न नदिने, विद्यार्थी परिचयपत्र वितरणमा कडाइ गर्ने र क्याम्पस प्रशासनलाई निर्वाचन प्रक्रियाबाट अलग राख्ने लगायतका निर्णयहरू भएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् । बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू र क्याम्पसका पदाधिकारीहरूको उपस्थिति थियो। बैठकले निर्वाचन निर्देशिकाको पूर्ण पालना, निर्वाचनलाई प्रभावित पार्ने गतिविधि निषेध गर्ने, विद्यार्थी परिचयपत्र वितरणमा कडाइ, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था, क्याम्पस प्रशासनलाई निर्वाचन प्रक्रियाबाट अलग राख्ने, विवाद समाधानका लागि लिखित प्रक्रिया र दोषीलाई कारबाई गर्ने निर्णय गरेको छ । स्ववियु निर्वाचन भयरहित बनाउने निर्णय