धनुषा । मधेस प्रदेश राजधानी जनकपुरमा प्रजातन्त्रको माग गर्दै मोटरसाइकल जुलुस आयोजना गरिएको छ ।
राजसंस्था पक्षधरहरुले राजासहितको प्रजातन्त्रको माग गर्दै मोटरसाइकल र्याली निकालेका हुन् । शुक्रबार ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’ लगायतको नारा लगाउँदै मोटरसाइकल जुलुस आयोजना गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मुन्नु झाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेकाले आफूहरु साथमा रहेको ऐक्यबद्धतास्वरुप र्याली निकालेको बताए। उनले गणतन्त्र आएपछि नेताहरुले देशलाई बर्बाद गरेको बताए ।
यस्तै, जलुसमा सहभागी रमेश गिरीले नेताहरूका कारण देश ‘ग्रे’ लिस्टमा परिसकेको बताए। अब राजालाई नारायणहिटी छिराउनुपर्ने अवस्था आइसकेको उनको भनाइ थियो।