सो र्यालीमा नेपाल राष्ट्रवाद संघ,शिव सेना नेपाल,विश्व हिन्दुमहासंघ,देश भ्क्त राज भक्त,नेपाल बिद्त परिषद,राष्ट्रिय नागरिक संघर्ष समिति,राष्ट्रबादी शान्ति समुह,राष्ट्रबादी नागरिक समाज,वीर गोर्खाली लगायतका संघ संस्था आबद्ध रहेका थिए । जनक साहको अगुवाइमा भएको कार्यक्रममा पृथ्वी झा,बिरेन्द्र थापा,राम नारायण साह,अब्दुल सतार मिया,राप्रपाकि नेत्री शान्ति देबि खड्का ,अर्जुन बहादुर सिंह ठकुरी,शम्भु घिमिरे लगायतका उपस्थिति रहेको थियोे । कोणसभामा बक्ताहरुले राजाले जनताको नासो जनतालाई बुझाएर जादा आज नेता भनाउदा हरुले झन देश बर्बादी दिशामा धकेल्न लागेकाले देश र जनता बचाउन राजालाई जनताको साथ अति आबस्यक रहेको कुरामा जोड दिएका थिए ।