-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

पर्सामा पनि शिवरात्री दिन शिवालयहरूमा भिड

वीरगंज, १३ फागुन । आज शिवरात्रीको अवसरमा वीरगंज स्थित रहेको विभिन्न स्थानको शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि भिड लागेको छ ।
चिनीमिल स्थित रहेको पशुपतिनाथको मन्दिर, मुर्लीचोक नाग मन्दिर रहेको शिव मन्दिर, अलखियामठको शिव मन्दिर लगायतका स्थानमा भक्तजनको पूजापाठ गर्नेको घुइँचो लागेको देखिन्थ्यो ।
त्यस्तै गहवामाइ मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको थियोे ।
हिन्दुहरूको आस्था चोखोनिधो भएर नुहाएर आज दिनभर रातभर अन्न पनि नखाइकन शिवको व्रत बस्ने गरिन्छ । यसोगरी व्रत बस्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यस्तैगरी माइस्थान गहवामाइको मन्दिर अगाडी गतवर्ष झैं शिवजीको नाममा धुनी बाली घुमधाम मनाइयो । भक्तजनको हरूको खचाखच भीड लागेको थियोे भने कतिपय ठाउँमा धुनी बालिसकेपछी प्रसाद, कहिं खिर, हलुवा, भुजा सब्जी खुवाइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस