वीरगंज, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला स्तरीय बिस्तारीत बैठक राणीसतीको सभाहलमा सम्पन्न भएको छ । पार्टीको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष भरत गिरी, संघीय सांसद माननीय बिना जैसवाल, केन्द्रिय सदस्य अंगद ठाकुर, राधेश्याम साह, वीरेन्द्रलाल कर्ण, जिल्ला उपाध्यक्ष शान्ति देवि खड्का, अबध किशोर साह, क्षेत्र नं–१ का अध्यक्ष अर्जुन सिहं ठकुरी, नेता किरण मान डंगोल, दिपेस साह, परमानन्द साह जिल्ला प्रबक्ता शम्भु घिमिरे लगायतका थुप्रै नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । बैठकमा यही फागुन २१ गते जनकपुरमा राप्रपाको पर्साबाट ५०० जना उपस्थिति गराउने प्रतिबद्धता ब्यक्त गर्दै राजाबाट जनतामा बक्सेका कुराहरू मनन गर्दै देश र जनता बचाउन कसरी आन्दोलनको शुरूआत गर्ने र संगठन कसरी तीब्र रूपमा अगाडी बढाएर बैशाख मसान्तसम्म जिल्लाको अधिवेशन सम्पन्न गर्ने बिषयमा बृहत छलफल गरेर कार्यक्रम सम्पन्न भएको थियो ।
[image: rapra2.jpg]
[image: rapra2.jpg]