वीरगंज, १० फागुन । लायन्स क्लब अफ वीरगंज क्युरेटिभले क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । हरी खेतान बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी डा. आर.पी. खेतान, डा. कीर्ति अग्रवालले छात्राहरूलाई पाठेघर ग्रिवा क्यान्सरबारे विस्तृत जानकारी दिएका थिए । लायन्स क्लबका डा. अभिषेक अर्याललगायत क्याम्पस प्रमुख, प्राध्यापक, समाजसेवी, सञ्चारकर्मी तथा छात्राहरूको सहभागिता थियो ।