वीरगंज, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ को आयोजनामा शुक्रवार वीरगंजको घण्टाघरमा पूर्वराजा श्री ५ ज्ञानेन्द्रले हालै दिएको अभिव्यक्तिको समर्थन गर्दै दीप प्रज्वलन कार्यक्रम गरेको छ । राप्रपाका केन्द्रीय सदस्य अंगद ठाकुर, वीरेन्द्र थापाले सम्बोधन गर्दै राजा श्री ५ ज्ञानेन्द्रको अभिव्यक्ति देश र जनताको हितमा रहेको बताए । उनीहरुले देश बचाउन राजालाई पुनस्र्थापित गनुपर्नेमा जोड दिएका थिए । क्षेत्रीय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरीले अध्यक्षतामा भएको दीप प्रज्वलनको कार्यक्रममा शान्ति देवी खडका, शम्भु घिमिरे, अनु राणा, पृथ्वी झालगायत वीरगंजका सम्पूर्ण राष्ट्रवादी संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।