–शम्भु घिमिरे
वीरगंज, ८ फागुन ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पर्साले प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको विरोध गर्दै बुधवार वीरगंजको घण्टाघरमा श्रद्धाञ्जलिसभा तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
मित्रराष्ट्र भारतमा अध्ययनरत बुटवल निवासी छात्रा प्रकृति लम्साल कलेजको छात्राबासमा रहस्यमय मृत्यु भएको घटनाको बिरोधमा राप्रपाको भातृ संगठन रा.प्र.वि. संगठनले श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम गरेको हो । विद्यार्थी नेता दिपेश कुमार साहको नेतृत्वमा भएको श्रद्धाञ्जलि सभामा पाटीका केन्द्रिय सदस्य अंगद ठाकुर, नेता किरणमान ढंगोल, जलेश्वर सरार्फ, छठु साह, चिन्टु तिवारी, अनिल कुशवाहा, क्षेत्र नं– १ का क्षेत्रीय अध्यक्ष अर्जुन सिंह ठकुरी, विश्व हिन्दु महासंघका के.स. पृथ्वी झा, राष्ट्रबादी वीरेन्द्र साह लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पाटीका जिल्ला प्रबक्ता शम्भु घिमिरेले गरेका थिए ।
सो सभामा बक्ताहरुले नेपालको युवा कर्णधार छात्रा लम्साल अध्ययनको क्रममा भारतमा रहस्यमय मृत्यु हुँदा पनि नेपाल सरकार मूकदर्शक रहेकोमा सरकारको खेद प्रकट गर्दै भर्सना व्यक्त गरेका थिए ।