-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

राष्ट्रवादी देशभक्तहरुको मोर्चाद्वारा नेताहरुप्रति आक्रोश व्यक्त, बडामहारानी कोमलको ७५ औं शुभ जन्मोत्सव

– शम्भु घिमिरे––– वीरगंज, ७ फागुन । राष्ट्रवादी देशभक्तहरुको संयुक्त मोर्चाले आज पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकारको ७५औं शुभ जन्मोत्सव मनाएको छ । घण्टाघर जम्मा भएर निस्किएको जुलुसले नेता चोर देश छोड, राजसंस्था कायम गर, हिन्दु राज्य कायम गर, संघीयता खारेज गर, आर्यघाटले के भन्छ–गणतन्त्र ले भन्छ, मेची महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दाबाद’ नारा लगाउँदै नेताप्रति आक्रोश पोखेको थियो ।
आक्रोशित जनसमुदायको भीड माइस्थान, अलखियामठ, आदर्शनगर, गीता मन्दिर हुँदै फेरि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियोे । सो क्रममा वक्ताहरूले देशलाई झन बर्बादीबाट जोगाउन राजसंस्था अपरिहार्य भएको र संघीयता खारेज गर्नुपर्ने तथा हिन्दु राज्य कायम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
घण्टाघरमा आयोजित कोणसभामा नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक साह, नेपाल विद्त परिषदका राम नारायण साह,राष्ट्रबादी नागरिक समाजका परमेश्वर साह, बैजु कलवार, विश्व हिन्दु महासंघका के. सदस्य पृथ्वी झा, राष्ट्रिय नागरिक संघर्ष समितिका अब्दुल सतार अन्सारी, देशभक्त राजभक्तका दिपेन्द्र रौनियार, राष्ट्रबादी नेत्री अनु राणा, राप्रपा पर्साका उपाध्यक्ष तथा मधेस प्रदेश सदस्य शान्ति खड्का, क्षेत्र नं –१ का अध्यक्ष अर्जुन सिंह ठकुरी, जिल्ला प्रबक्ता शम्भु घिमिरे, राजेस चौहान लगायतका उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस