वीरगंज, ६ फागुन । प्याब्सन अन्तरविद्यालय टी–२० क्रिकेट तथा फुटबल प्रतियोगिता अन्तर्गत आज विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । क्रिकेट तर्फ ३ खेल सम्पन्न भयो भने फुटबल तर्फ ४ खेल भएको थियोे । पहिलो खेलमा अल्पाईन माविले सफल एकेडेमीलाई पराजित गरेको छ । दोस्रो खेलमा ज्ञानदा एकेडेमी र वीरगंज स्कुलबीच भिडन्त भएको थियो । टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४९ रन तयार बनायो । ज्ञानदाका आदिल अन्सारीले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने प्रियान्शु सर्राफले ४८ रन जोडेका थिए । तेस्रो खेलमा मास्कट एकेडेमी र वीरगंज पब्लिक स्कुल भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको मास्कटले १५ ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याएको वीरगंज पब्लिक स्कुल १५ ओभरमा ६ विकेट गुमाएर ६५ रनमै रोकियो । वीरगंज पब्लिक स्कुलका उज्जल कुमार र शिवम चौधरीले २र२ विकेट लिए भने आशिष साह, प्रथम चौधरी र आलोक कुमार चौधरीले १र१ विकेट लिए । ‘म्यान अफ दी म्याच’ वीरगंज पब्लिक स्कुलका ईशान ठाकुर घोषित भए । प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल एमईएस स्कुल र श्री आदर्श स्कुलबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एमईएस स्कुल १–० गोल अन्तरले विजयी भयो । ‘प्लेयर अफ दी म्याच’ आदर्श स्कुलका सर्वेस माझी घोषित भए । दोस्रो खेलमा लिटल फ्लावर र बिकन स्कुलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा गएर खेल झनै रोमाञ्चक भएको थियो । ट्राई ब्रेकरमा पनि बराबरी भएपछि सडेन डेथमा लिटल फ्लावर १–० गोल अन्तरले विजयी बन्यो । तेस्रो खेल मुनलाईट र सफल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सफल एकेडेमीले ४–३ गोल अन्तरले जित हात पा–यो । सफलका जर्सी नम्बर १० का राजीव चौधरीले चार गोल गर्दै टिमलाई जित दिलाए । उनलाई ‘म्यान अफ दी म्याच’ घोषित गरियो । अन्तिम खेल मास्कट एकेडेमी र लिटिल एञ्जल्सबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा लिटिल एञ्जल्सले ३–२ गोल अन्तरले जित हासिल गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । खेलको म्यान अफ दी म्याच मास्कट एकेडेमीका रेहान पन्चे मगर घोषित भएका छन् । सबै खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साहले जानकारी गराएका थिए ।