-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

न्यायको माग गर्दै दबाबमूलक प्रदर्शन

वीरगंज, ६ फागुन । भारतको कलिङ्गा इन्स्टिच्युटमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको माग गर्दै मंगलवार साँझ बिद्यार्थी संगठनले दबाबमूलक प्रर्दशन गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत बिद्यार्थी संगठनहरूले न्यायको माग गर्दै प्रर्दशन गरेका हुन । बिद्यार्थी संगठनहरूले वीरगंजस्थित भारतीय दूतावस अगाडी प्रर्दशन गर्ने जनाएपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । केही बेर बिद्यार्थी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतवार नेपाली विद्यार्थी लम्साल मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस