-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

एसपी मिश्र द्वारा गाँजाखेती नियन्त्रण अभियान सुरु

मधेश प्रदेश

एसपी मिश्रको निर्देशनमा पटेर्वा सुगौली गाउँपालिका–२, थरकट्टी क्षेत्रमा ६ कठ्ठा जग्गामा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको टोलीले करिब ३२ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको जानकारी दिएको छ।

ग्रामीण क्षेत्रमा लुकीछिपी गरिएको गाँजाको खेती फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र ले सोमबार कार्यभार सम्हालेसँगै गाँजाखेती नियन्त्रणका लागि कडा अभियान सुरु गरेका छन्।

हालसम्म गाँजा खेती गर्ने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको छ।

गाँजा खेतीको विस्तार हुन नदिन प्रहरीको निगरानी अझ कडा पारिने एसपी मिश्रले बताएका छन्। प्रहरीले यस अभियानलाई निरन्तरता दिने योजना बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस