-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

एसपी गौतम मिश्रले पर्सामा जिम्मेवारी सम्हाले

वीरगंज, १४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख पदमा सोमवार एसपी (प्रहरी उपरीक्षक) गौतम मिश्रले जिम्मेवारी सम्हालेका छन् । कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईंसहित प्रहरी अधिकारीहरूले उनको स्वागत गरेका थिए । प्रहरी प्रधान कार्यालयले चितवनबाट पर्सामा सरूवा भएका प्रहरी उपरीक्षक मिश्रले कार्यभार सम्हालेका हुन् । प्रहरी उपरीक्षक मिश्र २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुख रहेर काम गरिसकेका छन् । सो अवसरमा एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवान देखि लिएर अधिकारी समेतलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस