मधेश प्रदेश
वीरगञ्जमा आइतबार भएको केन्द्रीय समिति बैठकले चैतमा संघीय परिषद भेला गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद् भेला चैतमा गर्ने निर्णय गरेको छ। भेला काठमाडौंमा हुनेछ।
‘संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित भयो, उनले भने।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ।
केन्द्रीय समिति बैठकमा मधेसकेन्द्रित दलहरू एक भएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।
जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको महासचिव राईको भनाइ छ।
संघीय परिषद् भेला आयोजना हुनुभन्दा अघि बाँकी जिल्ला र प्रदेश कमिटी गठन गर्ने उनले बताए।