-जनउत्तरदायी पत्रिका-

२०८२ असार १७. मंगलवार

नेपाल क्षयरोग निवारण संस्था पर्सी शाखाको जिल्ला अधिवेशन सम्पन्न

– दिपेन्द्र बि.सी. वीरगंज, १२ माघ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाको जिल्ला अधिवेशन आज वीरगंज-७, गहवा स्थित माईस्थान बालविध्या मन्दिर ईन्दुलेखा अर्धमुत विद्यालयमा सम्पन्न भएको छ। सभापति प्रमोद कुमार पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको सांगठनिक सुदृढीकरण, क्षयरोग निवारणका लागि रणनीति निर्माण, र आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथि डाक्टर श्यामसुन्दर दास, अतिथिहरु व्यवसायी तथा समाजसेवी पशुपति विक्रम शाह श्रीमती उषा शाह, समाजसेवी मधु राणा, शम्भु चौरसिया, समाजसेवी एवं कलियुग सन्देश दैनिकका प्रकाशक प्रेम सर्राफ , सञ्चारकर्मी दिपेन्द्र बिसी लगायत विभिन्न पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। उक्त अवसरमा समाजसेवी पशुपति विक्रम शाह, श्रीमती उषा शाह, समाजसेवी मधु राणा, समाजसेवी शम्भु चौरसिया, समाजसेवी एवं सञ्चारकर्मी प्रेम सराफलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसै भेलाले प्रमोदकुमार पौडेललाई सभापति चयन गर्दै वहाँको नेतृत्वमा ११ जना पदाधिकारीहरूको कार्यसमिति गठन गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस