-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ 

राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजले प्रदर्शन गरेको छ । शनिवार समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला पछि आयोजना गरिएको समाजले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस