-जनउत्तरदायी पत्रिका-

२०८३ बैशाख १. मंगलवार

इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुने खेलाडीहरुको बिदाइ

वीरगंज, ११ माघ । शनिवारदेखि हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०२५ मा सहभागी हुन वीरगंज तेक्वान्दो डोजांगका खेलाडीहरुको बिदाइ गरिएको छ । काकडभिट्टा तेक्वान्दो डोजांगले झापाले आयोजना गरेको सो प्रतियोगिता काकडभिट्टा टाउनहलमा हुने आयोजनाले जनाएको छ । सो प्रतियोगितामा भाग लिन वीरगंज तेक्वान्दो डोजांगका आफताब आलम, सोयब अख्तर, इमरान शेख, रोहन पटेल, प्रथम वर्णवाल, महिला खेलाडीहरु सबरिना खातुनलाई कोच महम्मद वेस, म्यानेजर मन्सुर महमद मियाँ, वीरगंज डोजांगका प्रमुख सकिल गुरुले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस