-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

वाटर कूलर र बटुवाको लागि प्रतीक्षालयको उदघाटन

वीरगंज, ८ माघ ।
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालको शीघ्र प्रभाव आयोजना अन्तर्गत पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १६ मा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मुख्य गेट अगाडि शुद्ध पिउने पानीको व्यवस्थाका लागि वाटर कूलर तथा शीतलताको लागि प्रतिक्षालय निर्माण गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा र रूँगटा वेलफेयर सोसाइटी वीरगंजको संयुक्त सहयोगमा पाँच लाख लागतमा निर्माण गरिएको वाटर कूलर तथा प्रतिक्षालयको वीरगंज नेपाल नं. १३ गण हेड क्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले उदघाटन गरेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दाहरू, सीमा क्षेत्रका नागरिकहरू, सशस्त्र प्रहरीका अधिकारीहरू तथा रूङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस