-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

प्रहरी नागरिकको सुरक्षा लागि हो कि गुन्डागर्दी गर्नको लागि?

– दिपेन्द्र बि.सी. चितवन , ७ माघ चितवनमा हालै भएको घटनाले पुनः एक पटक प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ। नागरिकको सुरक्षाका लागि खटिनुपर्ने प्रहरी स्वयं अपराधजन्य क्रियाकलापमा संलग्न दुखद विषय हो। स्थानीय स्रोतका अनुसार, चितवनमा एक सर्वसाधारणलाई प्रहरीले अनावश्यक दुव्र्यवहार गरेको घटना बाहिर आएको छ। पीडित पक्षले प्रहरीद्वारा भएको दुर्व्यवहारबारे उजुरी गरे पनि अहिलेसम्म कुनै ठोस कारबाही नभएको गुनासो गरेका छन्। यस घटनाले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्नचिन्ह खडा गरेको छ समाजमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मुख्य कर्तव्य हो। तर यदि प्रहरी नै अपराधीझैँ प्रस्तुत हुने हो भने आम नागरिकले न्याय कसरी पाउने? यस घटनामा संलग्न दोषीमाथि निष्पक्ष अनुसन्धान गरी उचित कारबाही गर्नुपर्ने माग सम्बन्धित निकायसँग गरिएको छ। चितवनको घटनाबारे विस्तृत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यक छ। यदि प्रहरी नै गलत सावित भए, तिनलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ। यसरी नै मात्र प्रहरी संगठनप्रति नागरिकको विश्वास फर्कन सक्छ। नागरिक समाज, मानव अधिकारकर्मी तथा स्थानीय जनताले यो घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिन र न्यायको सुनिश्चितताका लागि आवाज उठाएका छन्। “प्रहरी नागरिकको सुरक्षा लागि हो, न कि तर्साउने वा अन्याय गर्ने माध्यम बन्ने” भन्ने सन्देश राज्यले प्रस्ट पार्न आवश्यक छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस