वीरगंज, ५ माघ । आइसिसि यू–१९ टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। ५३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले उक्त लक्ष्य १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो।
बंगलादेशको जितमा मध्य क्रममा ब्याटिङका लागि आएका सदिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमिया अख्तरले १२ रन बनाइन्। यद्यपि नेपालले सुरुवातमा बंगलादेशलाई दबाबमा राख्दै विकेट लिएपनि कमजोर लक्ष्यनै नेपालको हारको मुख्य कारण बन्यो। नेपालका लागि रचना चौधरी, रिया शर्मा, सिमना केसी र पुजा महतोले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटियो। नेपालका पाँच ब्याटर रनआउट हुन पुग्दा केवल २ खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाउन सके। साना प्रभिनले १९ रन बनाउँदा सिमना केसील् १० रन बनाएकी थिइन्।
अन्यको प्रदर्शन भने गतिलो रहेन। बंगलादेशका लागि जनतुल्लाह मौवाले २ विकेट लिंदा अनिसा अख्तर सोब, फअमिदा चोया र निसता अख्तरले समान १–१ विकेट लिए।
नेपालले बंगलादेशसँग यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो। गत महिना मलेसियामानै आयोजना भएको एसिया कपमा नेपाल यु–१९ र बंगलादेश एसिया कपको सुपर फोरमा आमनेसामने भएका थिए। उक्त खेलमा नेपाल यु–१९ टिम ९ विकेटले पराजित भएको थियो।