दिपेन्द्र बि.सी. बिरगंज , पर्सा, पुस २८ नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष प्रदान गर्ने स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर टेलिभिजन पर्साका क्यामेरा म्यान पंकज श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।
पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएको भन्दै महासंघले श्रेष्ठलाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। पत्रकारिता क्षेत्रका विभिन्न विधामा सक्रिय रहेर श्रम गरेकाहरूलाई सम्मानित गर्ने उद्देश्यले यस पुरस्कार वितरण गरिँदै आएको छ।
पुरस्कार वितरण कार्यक्रम विशेष समारोहबीच आयोजना हुने र स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न पत्रकारहरूले कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ।